• ट्रेण्डिङ्ग :
एउटै खाडलमा किशोरकिशोरी मृत फेला

एउटै खाडलमा किशोरकिशोरी मृत फेला


  • 3.3K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.0K Views

    एउटै खाडलमा किशोरकिशोरी मृत फेला

    तुलसीपुर ।  दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा दुईजना मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका १३, दमारगाउँको जंगलमा सोही स्थानका १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतरा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । 

    images

    उनका अनुसार उनीहरूको शव आइतबार दिउँसो खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । तीन दिनअघि असोज २७ गते साँझ दुवैजना घरबाटै हराएका थिए ।

    प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन् गरेपछि पहिचान खुलेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए । उनीहरूको शवपरीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।


    तेस्रो आँखा