काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिबानासमेत असुल गर्ने चेतावनी दिइएको हाे।
महानगरले ३० दिनभित्र आफ्नो नजिकको बडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गरेको छ ।
