• ट्रेण्डिङ्ग :
सन्दीपविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी

सन्दीपविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी


  • 4.0K
    SHARES
    • कार्तिक २, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.1K Views

    सन्दीपविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी

    काठमाडौं । प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ । सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिन लागेको हो । बलात्कार आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न लागेको हो । 

    images

    म्याद थपका लागि अदालतमा बुझाउने तयारी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिने एसपी मैनालीले जानकारी दिए ।

    एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त, गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढेको छ । 
     


    तेस्रो आँखा