काठमाडौं । तिहार नजिकिएसँगै ढकमक्क फूलेको मखमली र सयपत्री फूलले सवैको मन फुरुङ्ङ हुने गर्छ । गाउँसहरमा आजभोलि करेसाबारी, घरआँगनदेखि नर्सरीमा ढक्कमक्क सयपत्री र मखमली फूल देखिन्छ ।

गाउँसहरमा व्यवसायिक रुपमा फूल खेती गर्ने पनि बढेका छन् । यो समय फूल व्यवसाय गर्नेका लागि आम्दानी गर्ने प्रमुख बेला पनि हो । यस्तै तिहार मनाउने जोकोहीका लागि फूल खोज्ने समय पनि हो ।








