• ट्रेण्डिङ्ग :
आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


  • 4.5K
    SHARES
    • कार्तिक ३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.9K Views

    आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

     काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । हिजो र आज ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।
     आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटिामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

    images

    ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ’ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

    पोषणविद् अरुणा उप्रेतीले आफ्नै करेसाबारी र घर आँगनमा पाइने हरियो साग सब्जीमा भिटामिन ‘ए’ पाइने भएकाले यस्ता खानेकुरा खान सुझाव दिएका छन् । 

    गाउँघरमा सजिलै पाइने लट्टेको सागमा गहुँमा भन्दा बढी रेसादार र लौहतत्व पाइने उनले बताए । साथै भिटामिन ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि लट्टेको सागमा पाइने बताए ।

    उनका अनुसार कुपोषणबाट बचाउन प्रोटिनको ठूलो महत्व हुन्छ । शिशु, महिला, गर्भवती सबैको लागि लट्टेको साग अति उपयोगी हुने पनि उनको भनाइ छ ।

    त्यस्तै, सिस्नोसँगै रायोको सागमा पनि प्रचुर मात्रामा भिटामिन पाइने भएकाले यस्ता खानेकुरा खान उनको सुझाव छ ।


    तेस्रो आँखा