• ट्रेण्डिङ्ग :
तिहार लगत्तै निर्वाचन सामग्री ढुवानी सुरु गरिने

तिहार लगत्तै निर्वाचन सामग्री ढुवानी सुरु गरिने


  • 3.5K
    SHARES
    • कार्तिक १०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.4K Views

    तिहार लगत्तै निर्वाचन सामग्री ढुवानी सुरु गरिने

    काठमाडौँ,कात्तिक १० । तिहार लगत्तै निर्वाचन सामग्री ढुवानी सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । हाल आयोगबाट निर्वाचन क्षेत्रमा पठाइने मतपत्र सहित  ५७ प्रकारका सामानको प्याकिङ भइरहेको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आवश्यक निर्वाचन सामग्री मध्ये १५ प्रकारको सामान जिल्ला निर्वाचन कार्यालयले नै खरिद गर्नेछ । निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने अन्य सामग्री ढुवानी सुरु गर्ने भएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दैनिक १० देखि २० वटा ट्रकमा निर्वाचन सामग्री ढुवानी गर्ने योजना रहेको बताए  । प्रदेश तथा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र पनि तिहारपछि ढुवानी सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फका लागि आवश्यक पर्ने ४ करोड मतपत्रमध्ये १ करोड ८५ लाख छपाइ भइसकेको छ । सडक मार्गबाट सामग्री पु¥याउन सम्भव नभए हेलिकप्टरबाट ढुवानी गरिने आयोगले जनाएको छ । यस्तै मतदाता शिक्षा पनि तिहार लगत्तै सुरु हुने आयोगको भनाइ छ । मतदाता शिक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्लामा पुगिसकेकाले स्थानीय स्वंयसेविका मार्फत मतदाता शिक्षा सञ्चालन गर्ने तयारीमा आयोग रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

    images


    तेस्रो आँखा