स्पेनिस क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिग फुटबलको समूह चरणबाट बाहिरिएको छ । गयराती इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि बार्सिलोना बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै समूह चरणबाट बाहिरिएको हो । आजको खेलमा पनि बार्सिलोना बायर्न म्युनिखसँग ३–० ले पराजित भयो । अन्य खेलहरुमा लिभरपुलले अजाक्सलाई ३–० ले हराउँदा, नेपोली पनि रेन्जर्स विरुद्ध ३–० गोल अन्तरले विजयी भयो । अरु खेलहरू भने बराबरीमा सकिएका थिए ।
