महोत्तरी , कात्तिक ११ । महोत्तरीको भँगहा नगरपालिकाको विवाद समाधानका लागि सर्वदलीय बैठकबाट सहमती भएको भएपनि त्यहाँ लगाईएको कर्फ्यू भने कायमै राखिएको छ ।
बिहीबार भएको हिन्दु–मुस्लिम समुदायबीच झडप भएको थियो । यो विषयमा स्थानीय राजनीतिक कर्मी, नागरिक समाजका अगुवा र स्थानीय प्रशासनले आठ बुँदे निर्णय गरेको छ । यो निर्णय सर्वपक्षीय निर्णय भएको भएपनि कर्फ्यू हटाउने नहटाउने बिषयमा भने सुरक्षा निकायको बैठकबाट निर्णय हुने छ ।
बिहीबार ‘हिन्दु सम्राट सेना’ नामक हिन्दुवादी युवा संगठनले निकालेको शोभायात्रा ¥यालीको क्रममा दुई पक्षबीच झडप भएको थियो। झडपमा १५ जना सर्वसधारण र १० जना प्रहरी घाइते भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधज्ञा जारी गरेको छ।
