झापा, कात्तिक ११ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै बेला ‘भर्खर का बाच्छा’ भनेर ब्यंग्य गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन भोट मागेका छन् ।
उनले झापा ३ बाट लिङ्देनलाई जसरी पनि जिताउन अपिल गरे । उनले लिङ्दनेको जीतले एमालेको ईज्जत जोगाउने समेत बताए । हलो चिन्हमा भोट नहाले देशद्रोहीहरु आउने भदै ओलीले भने ‘देशद्रोही आउन नदिनका लागि हलोमा भोट हालौँ ।’
उनले प्रमुख कुरा सत्ता गठबन्धनलाई हराउनु रहेको भन्दै राप्रपा पनि आउँदो निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने समेत बताए ।
