• ट्रेण्डिङ्ग :
गठबन्धनका उम्मेदवारको सूची सार्वजनिक 

गठबन्धनका उम्मेदवारको सूची सार्वजनिक 


  • 4.1K
    SHARES
    • कार्तिक ११, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    गठबन्धनका उम्मेदवारको सूची सार्वजनिक 

    काठमाडौँ, कात्तिक ११ । सत्तारुढ गठबन्धनले मङ्सिर ४ गते हुने निर्वाचनका लागि आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ । आज बसेको गठबन्धनको बैठक पछि गठबन्धनमा आवद्ध नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेका छन् ।

    images

    गठबन्धनले प्रतिनिधिसभाका दुई र प्रदेससभाका ११ सिटमा भने मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको छ । यी ठाउँमा टिकट भागबन्डामा परेका दल बाहेक गठबन्धनकै अर्को दलबाट पनि उम्मेदवारी परेपछि दलहरुले मित्रवत प्रतिस्पर्धा गर्ने जनाएका हुन् । यसैबीच, नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको सङ्कल्प पत्र भोली सार्वजनिक गर्ने भएको छ ।

    भोली विहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने नेपाली काँग्रेसले जनाएको छ । काँग्रेसले यसअघि तिहार अघि नै सङ्कल्प प्रस्ताव सार्वजनिक गर्ने बताए पनि मिति सारेको थियो । 


    तेस्रो आँखा