• ट्रेण्डिङ्ग :
देशभर चिसो बढ्यो, तापक्रम निरन्तर घट्ने 

देशभर चिसो बढ्यो, तापक्रम निरन्तर घट्ने 


  • 4.3K
    SHARES
    • कार्तिक ११, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    देशभर चिसो बढ्यो, तापक्रम निरन्तर  घट्ने 


    काठमाडौँ,कात्तिक ११ । पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए । पश्चिमबाट हावा चलेको र कहिले काँही उत्तरपश्चिम भेग हिमाल तिरबाट पनि हावा आउने हुँदा चिसो बढेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए ।

    images

    तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने र तापक्रम निरन्तर नघट्ने उनको भनाइ छ । गर्मि सकिएर चिसो मौसम सुरु भएको र देशभरिको तापक्रम घट्दै गएको उनले बताए । 


    तेस्रो आँखा