नेपाली कांग्रेसले घोषणा पत्रमा सिँचाइलाई प्राथमिकता दिएको छ । उसले विभिन्न सिँचाईका आयोजनाहरुको पूर्णता संगै पहाडका सबै जिल्लामा सिँचाई सुविधा पुर्याईने उल्लेख गरेको छ ।
कांग्रेसको सिँचाई योजना यस्तो बनेको छ ।
सुनकोसी–मरिन डाइभर्सन, रानी–जमरा कुलरिया, सिक्टा, भेरी–बबई तथा बबइ सिँचाई आयोजनाहरु
समयमै सम्पन्न गरिने छन् । सतह सिँचाई संभव नभएका ठाउँहरुमा भूमिगत जल सिँचाईका कार्यक्रमहरु
सञ्चालन गरिने छ ।
मधेश प्रदेशका आठै जिल्लामा पूर्ण सिँचाई सुविधा पु¥याइने छ । पहाडका सबै जिल्लामा
सिँचाईलाई प्राथमिकता दिएर काम गरिने छ । जहाँ सिँचाई पुगेको छ, त्यहाँ कृषि ज्ञान केन्द्र लैजाने र
खेतीलाई पानी सुविधाबाट अत्यधिक फाइदा हुने व्यवस्था मिलाइने छ ।
