काठमाडौँ, कात्तिक १२ ।
नेपाली कांग्रेसले युवाहरुलाई रोजगारी अवसर प्रदान गर्न सिपमुलक कार्यक्रममा जोड दिने भएको छ । शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले बाह्य मान्यता हुने गरिप्राविधिक शिक्षालयहरुका स्तरोन्नती गरि विशेष गरी सबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र सञ्चालन गर्दै युवाहरुलाई नेपालमै रोजगारी खोज्न प्रेरित गर्ने रणनीति अवलम्बन गर्ने उल्लेख गरेको छ ।
यस्तो छ कांग्रेसको रोजगारी योजना
रोजगारीका लागि सीप
श्रम बजारमा बर्षेनी जुन संख्यामा युवा भित्रिन्छन्, लगभग त्यति नै संख्यामा विदेश पलायन भएको अनुमान छ । यद्यपि नेपाल भित्रै सिपमुलक क्षेत्रहरुमा श्रम आपूर्तिको चरम अभाव छ । बाह्य मान्यता हुने गरिप्राविधिक शिक्षालयहरुका स्तरोन्नती गरि विशेष गरी सबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र सञ्चालन गर्दै युवाहरुलाई नेपालमै रोजगारी खोज्न प्रेरित गर्ने रणनीति अवलम्बन गर्ने छौँ ।
यसैगरी नेपालको गरिबी निवारणमा विपे्रषणको उच्च भुमिकाले अति गरिब, सीमान्तीकृत वर्ग र कुल जनसंख्याका १४ प्रतिशत रहेको दलित परिवारका एक जना सदस्यलाई स्वदेशी वा वैदैशिक रोजगारीका सुनिश्चितता राज्यले गर्न सके ती समुदायको आर्थिक रुपान्तरणमा राज्यको योगदान रहने छ ।
स्थानीय सरकार र वित्तीय संस्था मार्फत संघीय सरकारको संयुक्त ग्यारन्टीमा कर्जा सुविधा दिन नेपाली कांग्रेसले पहल गर्ने छ । परिवर्तित जनसांख्यिक विश्व परिस्थितिलाई अवसरका रुपमा लिँदै ’के यर इकनमी’ को क्षेत्रमा पनि बृहत लाभको रणनीति बनाउने छ । मध्यम तथा दीर्घकालमा भने श्रम निर्यातबाट व्यापारिक सेवा निर्यातकको रुपमा नेपाललाई रुपान्तरण गर्न संकल्प गर्दछौँ ।
