• ट्रेण्डिङ्ग :
प्रत्यक्ष तर्फको दुई करोड ३६ लाख ८० हजार मतपत्र छपाइ

प्रत्यक्ष तर्फको दुई करोड ३६ लाख ८० हजार मतपत्र छपाइ


  • 3.5K
    SHARES
    • कार्तिक १२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    प्रत्यक्ष तर्फको दुई करोड ३६ लाख ८० हजार मतपत्र छपाइ

     काठमाडौँ, कात्तिक १२ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । एक करोड १८ लाख प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।  

    images

    आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्ष तर्फको मतपत्र ढुवानी हुनेछ । प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि तीन सय ३० निर्वाचन क्षेत्र छन् । निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम रहेका छन् । 


    तेस्रो आँखा