काठमाडौँ, कात्तिक १२ । लाभको पदमा बहाल रहेकी एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्किको उम्मेदवारी खारेज भएको जनाएको हो । उनि ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेकी थिईन् ।
उनी लाभको पद नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ । उनी मेडिकल काउन्सिलको सदस्य पदमा कायमै रहेका बेला उम्मेदवार बनेकाले उम्मेदवारी खारेज गरिएको हो । उनी मेडिकल काउन्सिलको पदमा बहाल रहेको भन्दै उनको उम्मेदवारी खारेजीका लागि आयोगमा उजुरी परेको थियो ।
