पाल्पाबाट गोरखाको मनकामनाका लागि जाँदै गरेको बस दुर्घटनामा परेको छ। गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरको बुलिङटारमा दुर्घटना भएको हो।
ना६ख ७५८० नम्बरको बस अनियन्त्रित भइ सडकदेखि करिब १०० मिटर तल खसेको थियो। बसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य २५ जना घाइते भएका छन्।
घटनाको थप विवरण आउन बाँकी छ।
