• ट्रेण्डिङ्ग :
माओवादीका बागी उम्मेदवारहरु पार्टीबाट निष्काशन

माओवादीका बागी उम्मेदवारहरु पार्टीबाट निष्काशन


  • 3.7K
    SHARES
    • कार्तिक १३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    माओवादीका बागी उम्मेदवारहरु पार्टीबाट निष्काशन

    काठमाडौँ, कात्तिक १३ । नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

    images

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने केन्द्रीय नेताहरूलाई पार्टीबाट निष्कासन गरेको बताएका छन् ।

    पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित हुनेमा धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी, सप्तरी १ बाट उम्मेदवारी दिएका अशोक कुमार मण्डल, पर्साबाट उम्मेदवारी दिएका वीरेन्द्र यादव र रोल्पाबाट उम्मेदवारी दिएका दिपेन्द्र बहादुर पुन मगर रहेका छन् । उनीहरू सबै केन्द्रीय समिति सदस्य हुन् । 


    तेस्रो आँखा