• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी र पुलिस विजयी

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी र पुलिस विजयी


  • 4.7K
    SHARES
    • कार्तिक १४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी र पुलिस विजयी

    प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गणडकी प्रदेशले विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ यस ३९ रन बनाउन सक्यो।त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन बनायो ।

    images

    आजै मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । प्रदेश–१ लाई ७ विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । खेलमा प्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो ।त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो ।


    तेस्रो आँखा