• ट्रेण्डिङ्ग :
लाभको पदमा रहेकाहरु उम्मेदवार हुन पाउँदैनन् : आयोग

लाभको पदमा रहेकाहरु उम्मेदवार हुन पाउँदैनन् : आयोग


  • 3.7K
    SHARES
    • कार्तिक १५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    लाभको पदमा रहेकाहरु उम्मेदवार हुन पाउँदैनन् : आयोग

    काठमाडौँ, कात्तिक १५ । प्रदेश, प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार हुनेहरु लाभको पदमा रहन नपाउने व्यवस्था प्रति निर्वाचन आयोगले प्रष्ट पारेको छ । लाभको पदमा रहेको निष्कर्ष निकाल्दै ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएपछि लाभको पदका विषयमा विभिन्न ढङ्गबाट टिक्काटिप्पणी भइरहेका छन् । निर्वाचन आयोगले भने पद पनि रहेको र लाभ पनि लिइरहेका व्यक्ति लाभको पदमा रहेको ठहरिने भन्दै त्यस्ता व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने स्पष्ट पारेको छ ।

    images

    प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ अनुसार निर्वाचन वा मनोनयनद्वारा पूर्ति गर्ने, गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा सुविधा पाउने अन्य पद लाभको पद भएको आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिए । तर निर्वाचन भन्नाले पेशागत सङ्घ संस्थाको निर्वाचन पर्ने नपर्ने वा तलब नलिएर बैठकको भत्ता मात्र लिने कुरालाई आर्थिक लाभ भन्ने कि नभन्ने जस्ता कुरामा दुविधा देखिएको छ । यस्ता विषयमा कानुनमै स्पष्ट ब्यवस्था नहुँदा समस्या भएको निर्वाचन आयोगका पूर्व निर्वाचन आयुक्त दोलख बहादुर गुरुङले बताए  । लाभको पदमा रहेको व्यक्ति प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने कानुन छ । तर लाभको पद के हो भन्नेबारे कानुनको अस्पष्टता र निर्वाचन आयोगको निर्णयबारे विवाद र आलोचना हुने गरेको छ । 


    तेस्रो आँखा