• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी


  • 5.0K
    SHARES
    • कार्तिक १६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा लुम्बिनी र गण्डकी विजयी

    प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेश विजयी भएका छन् । मुलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा बागमती प्रदेशलाई ८ विकेटले हराउँदै लुम्बिनीले सुखद सुरुवात गरेको हो ।बागमतीले दिएको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो।जितसँगै लुम्बिनीले १ खेलमा २ अङ्क जोडेको छ ।

    images

    समूह ‘बी’ मा रहेको लुम्बिनी दोस्रो स्थानमा रहेको छ ।बागमती भने ३ खेलमा अङ्कबिहीन रहँदै प्रतियोगिताबाटै बाहिरिएको छ । आजै भएको अर्को खेलमा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ३२ रनले हराउँदै गण्डकीले लगातार दोस्रो जित निकालेको हो ।गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १ सय ७६ रन बनाउन सक्यो ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो।जितसँगै समूह ‘ए’ को गण्डकी २ खेलमा ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ भने कर्णालीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।


    तेस्रो आँखा