काठमाडौँ, कात्तिक १७ । आगामी निर्वाचनका लागि उम्मेदवारहरुले चुनावी प्रचार प्रसार गर्न पाउने भएका छन् । उम्मेदवारहरुले आज देखि चुनावी आमसभा, र्याली , कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
आगामी मंसिर १ गते सम्म चुनावी प्रचार गर्न पाईने छ । अहिले सम्म उम्मेदवारहरुले घरदैलो मार्फत मत मागिरहेका थिए । तर प्रचार गर्दा आयोगले तोकेको खर्च सीमा भित्र रहेर गर्नुपर्ने आयोगले जनाएको छ । यसैगरि प्रधानमन्त्री र मन्त्री बाहेक अन्य व्यक्ति फरक निर्वाचन क्षेत्रमा प्रचार प्रसार गर्न जाँदा आयोगबाट अनुमती लिनु पर्ने छ ।
