• ट्रेण्डिङ्ग :
लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने

लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने


  • 4.2K
    SHARES
    • कार्तिक १७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.4K Views

    लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि थुनछेक बहस हुने

    निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा आज पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । हिजो बहस नसकिएको हुनाले आज पनि बहस हुन लागेको हो । हिजो निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट दुई जनाले बहस गरेका थिए ।

    images

    सन्दीपको तर्फबाट थप वलिकले आज बहस गर्नेछन् । सन्दीपको प्रतिरक्षामा बहस गर्न वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारी र अधिवक्ता मुरारीप्रसाद सापकोटाले वकालतनामा पेस गरेका छन् । सन्दीपविरुद्ध १० देखि १२ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ । सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । 


    तेस्रो आँखा