• ट्रेण्डिङ्ग :
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चार प्रदेशमा मतपत्र ढुवानी 

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चार प्रदेशमा मतपत्र ढुवानी 


  • 4.6K
    SHARES
    • कार्तिक १७, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चार प्रदेशमा मतपत्र ढुवानी 

    मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सकिएको हो । बिहिबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको आयोगले जनाएको छ । अब शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी सुरु हुने छ ।

    images

    समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ । यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ । भोलिसम्म सबै मतपत्र छपाइ सम्पन्न हुनेछन् भने कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्रसमेत पुग्ने आयोगले जनाएको छ ।


    तेस्रो आँखा