नेकपा एमालेले आज देखि चुनावी अभियान सुरु गर्न थालेको छ । एमालेले यो अभियानको सुरुवात दार्चुलाबाट गर्ने जनाएको छ । दार्चुलामा अभियानको सुरुवात अन्तर्गत आज हुन लागेको आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । ओली विभिन्न ४० जिल्लामा हुने आमसभामा सहभागी हुने बताईएको छ ।
