• ट्रेण्डिङ्ग :
डा. कार्कीको उम्मेद्वारी खारेजीको माग गर्दै आयोग सर्वोच्चमा 

डा. कार्कीको उम्मेद्वारी खारेजीको माग गर्दै आयोग सर्वोच्चमा 


  • 3.9K
    SHARES
    • कार्तिक १८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    डा. कार्कीको उम्मेद्वारी खारेजीको माग गर्दै आयोग सर्वोच्चमा 

    निर्वाचन आयोगले लाभको पदका सन्दर्भमा सर्वोच्च अदालतको एकल इजलासबाट गरिएको प्रारम्भिक व्याख्यामा आपत्ति जनाउँदै त्यसको खारेजीको माग राखी निवेदन दिएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार डा.तोसिमा कार्कीको मनोनयन कायम राख्ने सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशमा आयोगको असहमति प्रकट गरेको हो ।

    images

    सर्वोच्च अदालतबाट आदेश र म्याद तामेल नहुँदै अनौपचारिक रुपमा त्यसको कानूनी प्रतिवाद गर्ने तयारी थालेको आयोगले म्याद बुझेको केही घण्टामै अन्तरिम आदेश खारेज हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिने निर्णय गरेको हो । निर्णय लगत्तै ११ पेज लामो निवेदन लिएर निर्वाचन आयोगको टोली सर्वोच्च अदालत पुगेको छ ।

    आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले अन्तरिम आदेश खारेजीको माग राखेर आजै निवेदन दर्ता गरेका बताए  । आयोगले विभिन्न पाँचवटा आधार लिएर रास्वपाको ललितपुर–३ का उम्मेद्वार कार्की लाभको पदमा नै रहेको जिकिर गर्न खोजेको हो । आयोगले  लाभको पदमा रहेका कार्कीको उम्मेद्वारी कायम हुन नसक्ने भन्दै गत मंगलबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले जारी गरेको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गरेको हो । 


    तेस्रो आँखा