• ट्रेण्डिङ्ग :
नेपालमा पर्यटक आवागमन बढ्दै, १० महिना अघिको तुलनामा ८० प्रतिशतले बृद्धि  ।

नेपालमा पर्यटक आवागमन बढ्दै, १० महिना अघिको तुलनामा ८० प्रतिशतले बृद्धि  ।


  • 4.3K
    SHARES
    • कार्तिक १८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    नेपालमा पर्यटक आवागमन बढ्दै, १० महिना अघिको तुलनामा ८० प्रतिशतले बृद्धि  ।

    गत १० महिना भित्रझण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्  ।गत पुषदेखि कार्तिक १५ गतेसम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएको पर्यटन विभागले जनाएको  छ । विभाागका अनुसार असोजको दोस्रो साता यता मात्रै ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका छन् । जुन गत पुषको तुलनामा ८० प्रतिशतले बढि हो ।

    images

    गत पुषमा १६ हजार ९७५ जना पर्यटक नेपाल भित्रिएका थिए । माघमा भने सो सङ्ख्या  बढेर १९ हजार  ७६६ पुगेको थियो । फागुनमा भने दोब्वर भन्दा बढिले बढेर ४२ हजार ६ जना पर्यटक नेपाल घुम्नका लागि आएका थिए । कोभिड सङ्क्रमण नियन्त्रणमा आएसँगै सार्क र पश्चिमा मुलकबाट पर्यटक आवागमन बढेको विभागले जनाएको छ । यो वर्ष अरु मुलुकको तुलनामा भारतीय पर्यटकको आवागमन उल्लेख्य रहेको छ। 


    तेस्रो आँखा