आगामी मङ्सिर १ देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लिइने अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ । चुनावमा कर्मचारी परिचालन गर्नु पर्ने भएकाले आगामी मङ्सिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द हुने यातायात व्यवस्था विभागले जनाएको हो । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीहरु समेत खटिनु पर्ने भएकोले अर्को सूचना प्रकाशित नभए सम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द रहने उल्लेख गरेको छ निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न सेवाका सरकारी कर्मचारीहरुलाई परिचालन गर्ने निर्णय गरिसकेको छ ।
