• ट्रेण्डिङ्ग :
कात्तिक २४ भित्रमा मतपत्र ढुवानी गरिसक्ने आयोगको तयारी  

कात्तिक २४ भित्रमा मतपत्र ढुवानी गरिसक्ने आयोगको तयारी  


  • 3.4K
    SHARES
    • कार्तिक १९, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    कात्तिक २४ भित्रमा मतपत्र ढुवानी गरिसक्ने आयोगको तयारी  

    प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएसँगै निर्वाचन आयोगले यही कात्तिक २४ गतेभित्रमा ढुवानी गरिसक्ने तयारी गरेको छ । आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी ८ करोड मतपत्र छपाइको काम सकिएको छ ।

    images

    प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रमा पठाउन ढुवानीलाई तीब्रता दिइएको  आयोगका सहायक प्रवक्ता ऋषीराम भुषालले बताए । समानुपातिको मतपत्र यसअघि नै ढुवानी भइसकेको उनको भनाइ छ । एक सय वटा अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय अनुसार ती मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिने आयोगले जनाएको छ । 


    तेस्रो आँखा