प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको दोहो¥याए । आज डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले त्यसैका विरुद्धमा गठबन्धन बनेको र चुनावपछि पनि गठबन्धन सरकार बन्ने दाबी गरे ।
काँगेस सभापति समेत रहेका देउवाले, ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा नआउने धारणा राखे । सभालाई सम्बोधन गर्दै उनले माओवादी र काँग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । उनले आफु पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बतााए ।
