• ट्रेण्डिङ्ग :
केरुङ्गे खोलाको समस्या समाधान गर्ने डा कोइरालाको प्रतिबद्धता

केरुङ्गे खोलाको समस्या समाधान गर्ने डा कोइरालाको प्रतिबद्धता


  • 3.8K
    SHARES
    • कार्तिक २०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    केरुङ्गे खोलाको समस्या समाधान गर्ने डा कोइरालाको प्रतिबद्धता

    नेपाली काङ्ग्रेसका नेता डा शशाङ्क कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    images

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने केरुङ्गे खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् ।

    नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार  कोइरालाले केरुङ्गे खोलाको अनुगमन गरी समस्या समाधान गर्ने आश्वासन दिए । खोलाको दुबै छेउमा पाँच÷पाँच सय मिटरको ड्याम बाध्नुपर्नेमा ५० मिटर मात्रै छेकबार लगाइएको छ । 

    स्थानीय रमिला भुजेलले खोलामा ड्याम नहुँदा बर्खामा बाढीले धनजनको क्षति हुनुका साथै स्थानीयवासी डर र त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताए  । 


    तेस्रो आँखा