नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो ध्यान जनताले प्रत्यक्ष अनुभूति गर्ने र रुपान्तरणका लागि केन्द्रित भएको बताएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा चुनावी सम्पर्क कार्यालयको उद्घाटन एवं मतदाता भेटघाटमा उनले नागरिकका आकाक्षां , सपना र पहिचानका लागि भौतिक संरचनाको समयानुकूल विकास गनुपर्ने भएकाले आफू उम्मेदवार बनेको बताए । स्वलम्बी, सम्पन्न र नागरिकलाई स्वतन्त्र, अधिकार सम्पन्न, आत्मनिर्भर राष्ट्र निर्माणमा योगदान दिन जरुरी रहेको उनले बताए ।
‘जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिन राजनीतिमा क्रियाशील रहेको छु”, नेता पौडेलले भने ।
