• ट्रेण्डिङ्ग :
भूकम्पमा परी ज्यान गएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

भूकम्पमा परी ज्यान गएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


  • 3.7K
    SHARES
    • कार्तिक २३, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    भूकम्पमा परी ज्यान गएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गएकाप्रति दुःख व्यक्त गरेका छन् । । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाएका छ जनाप्रति उनले दुख ब्यक्त गरेका हुन् ।

    images

    प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । । “सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो ।


    तेस्रो आँखा