• ट्रेण्डिङ्ग :
प्रचण्डले भने - बाँकी जीवन आर्थिक समृद्धिका लागि

प्रचण्डले भने - बाँकी जीवन आर्थिक समृद्धिका लागि


  • 3.7K
    SHARES
    • कार्तिक २५, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    प्रचण्डले भने - बाँकी जीवन आर्थिक समृद्धिका लागि

    गोरखा, कात्तिक २५ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन्  ।

    images

    चुनावी प्रचार–प्रसारका क्रममा शुक्रबार बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताए  ।

    ‘मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु”, उनले भने, ‘राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।”

    उनले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट नै गर्ने दाबीसमेत गरे । ‘म गोरखा आएको विषय सबैलाई थाहा पाइसकेको अवस्था छ, अब आर्थिक क्रान्तिको सुरुआत पनि गोरखाबाट नै गरेर सिङ्गो मुलुकको विकास गर्नेछु ,’ उनले भने ।

    गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने बताए  । उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता मध्येको आफू पनि एक भएको भन्दै विचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नदिने दाबीसमेत गरे ।


    तेस्रो आँखा