• ट्रेण्डिङ्ग :
राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : श्रेष्ठ

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : श्रेष्ठ


  • 4.2K
    SHARES
    • कार्तिक २५, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 6.5K Views

    राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : श्रेष्ठ

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्  । चितवनको माडीमा भएको लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा नेता तथा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा उनले इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए  । 

    images

    उहाँले देशमा दुई खालका गठबन्धन प्रतिगमन र अग्रगमन बीचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने धारणा राख्नुभयो । संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समृद्धिका लागि गठबन्धनमा केन्द्रीकृत हुन उनले पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

    ‘राजनीतिकरूपमा हामी अगाडि बढेका छौँ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘प्राप्त उपलब्धि रक्षा गर्नुपर्ने छ, सँगसँगै सङ्क्रमणकालीन न्याय निरूपण पूरा गर्नुछ, त्यसका लागि पनि हामी एकीकृत हुनुपर्छ ।” हिजोको सङ्घर्षरत पक्ष र शान्ति प्रक्रियाको पक्षबीचको एकता अर्थपूर्ण समेत रहेको उनको भनाइ छ ।

     जनताको आवश्यकता पूरा गर्न एकीकृत हुने विषय प्राकृतिक गठबन्धन नै भएको उनको दाबी छ । तत्कालीन समयमा शान्ति प्रक्रियादेखि नै गठबन्धन भएको स्मरण गराउँदै उनले स्थायी सरकार निर्माण गर्न गठबन्धनका दलहरू एकतामा जोडिनुपर्ने तर्क गरे । 


    तेस्रो आँखा