• ट्रेण्डिङ्ग :
समृद्धिको जनआकाङ्क्षा गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

समृद्धिको जनआकाङ्क्षा गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ


  • 4.4K
    SHARES
    • कार्तिक २८, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 6.8K Views

    समृद्धिको जनआकाङ्क्षा गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पूरा गर्ने दाबी गरेका छन् । 

    images

     वाम लोकतान्त्रिक गठबन्धनले आज काठमाडौँको कलङ्कीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सत्तास्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताका कारण वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकाङ्क्षा आफूहरुले पूरा गर्ने बताए ।

     प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिदँै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे ।

     सत्ता–गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्नुहुँदै उनले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए  । उनले देशलाई प्रतिगमनबाट मुलुकलाई बचाउन निर्वाचनमा गठबन्धन एकढिक्क भएको बताए ।

     काठमाडौँ क्षेत्र नं ८ मा आफूले सुरू गरेका कैयौँ परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको उनले जानकारी दिए  । मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गरे ।

     सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनको भनाइ छ ।


    तेस्रो आँखा