नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचन– २०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गरेका छन् । सभापति देउवाले समितिमा चण्डेश्वर वैद्य, {काठमाडौँ} र केशर रोकाय, {सुर्खेत} लाई नियुक्त गरेका हुन् ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिमा आज दुई सदस्य थप गरेको उल्लेख छ ।
