• ट्रेण्डिङ्ग :
जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छु : प्रधानमन्त्री देउवा

जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छु : प्रधानमन्त्री देउवा


  • 4.5K
    SHARES
    • कार्तिक २९, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 7.0K Views

    जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छु : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे । 

    images

     पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए ।

     पश्चिमनवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार रहेका छन् । देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिए ।


    तेस्रो आँखा