• ट्रेण्डिङ्ग :
बागलुङ प्रदेशसभा–१ मा पूर्वसहयात्रीबीच यसपाली प्रतिस्पर्धा

बागलुङ प्रदेशसभा–१ मा पूर्वसहयात्रीबीच यसपाली प्रतिस्पर्धा


  • 4.2K
    SHARES
    • कार्तिक ३०, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    बागलुङ प्रदेशसभा–१ मा पूर्वसहयात्रीबीच यसपाली प्रतिस्पर्धा

    आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा बागलुङ क्षेत्र नं १ को प्रदेशसभा (१) लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रमा पूर्वसहयात्री अहिले प्रतिस्पर्धामा छन् । त्यसले गर्दा यहाँ निर्वाचन रोचक बन्ने देखिन्छ । गत स्थानीय तह निर्वाचन अगाडिसम्म एउटै पार्टीमा रहेर काम गरेका डिल्लीराम सुवेदी र नवराज पौडेल यो निर्वाचनमा अलग–अलग पार्टीबाट चुनावी प्रतिस्पधामा छन् ।

    images

    सुवेदी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् भने कांग्रेस  बागलुङको निवर्तमान सचिव पौडेल अहिले नेकपा (एमाले)बाट उम्मेदवार बनेका छन् । सुवेदी भने सत्ता गठबन्धनको उम्मेदवार हुन् ।स्थानीय तहको निर्वाचनमा पौडेल पत्नी उषा पौडेलले जैमिनी नगरपालिकाको उपप्रमुखको टिकट नपाएपछि श्रीमान–श्रीमती एमाले प्रवेश गरेका थिए ।

    कांग्रेसले टिकट नदिएपछि एमालेमा पुगेका पौडेललाई यसपटक चुनाव जित्न सकस छ । यस क्षेत्रमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा बलियो शक्तिका रूपमा मानिदै आएको थियो । त्यसमाथि गठबन्धन हुँदा एमालेमा प्रवेश गरेलगत्तै टिकट पाउनुभएका पौडेललाई चुनाव जित्न सकस पर्ने नेताहरू बताउँछन् ।

    स्थानीय तहको निर्वाचनमा पौडलेकी श्रीमती उषालाई एमालेले जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएको थियो । तर उनी पराजित भईन् । पौडेललाई कांग्रेस बागलुङका सचिव हरिहर शर्माले पराजित गरेका थिए ।


    यस क्षेत्रमा बागलुङ नगरपालिका– १२, १३ र १४ नं वडासहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका १८ वडा पर्छन् । गत स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार गठबन्धनले १६ हजार चार सय ६५ मत पाएको थियो भने एमालले सात हजार दुई सय २२ मत ल्याएको थियो ।

    २०७४ को निर्वाचनमा यस क्षेत्रमा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा विजयी भएका थिए । थापाले कांग्रेसका प्रकाश शर्मा पौडेललाई छ हजार पाँच सय ४२ मतान्तरले पराजित गरेका थिए । 
     प्रतिनिधिसभातर्फ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी साझा उम्मेदवार बनेपछि प्रदेशसभा सदस्य कांग्रेसको भागमा परेको हो । सुवेदी र पौडेलसहित यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गोविन्द सापकोटा र मङ्गोल नेश्नल अर्गनाइजेशनका सहवीर थापा चुनावमा होमिएका छन्  । कुल ४६ हजार ८६ मतदाता रहेको यस क्षेत्रमा २१ मतदानस्थल र ५३ मतदान केन्द्र कायम गरिएको छ ।


    तेस्रो आँखा