• ट्रेण्डिङ्ग :
वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली

वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली


  • 2.9K
    SHARES
    • कार्तिक ३०, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासकीय स्वरुपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताएका छन्  । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यही शासकीय स्वरुपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेमा जनतामा समृद्धि ल्याउन सकिने प्रष्ट पारे।

    images

    अहिले भइरहेको प्रणाली भन्दा कार्यान्वयन गर्ने व्यवहारमा कमजोरी रहेको छ भन्दै अध्यक्ष ओलीले व्यक्तिमा रहेको आचरण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीयस्वरुप पनि असफल हुने प्रष्ट पारे । “शासकीयस्वरुप परिवर्तमानमा अहिले हतारिने बेला होइन, सल्लाह र समझदारीमा समाधान गर्न सकिन्छ”, उनले भने ।


    तेस्रो आँखा