• ट्रेण्डिङ्ग :
जनताका पक्षमा मतदान गर्न बिजुक्छेंको आग्रह

जनताका पक्षमा मतदान गर्न बिजुक्छेंको आग्रह


  • 3.1K
    SHARES
    • मंसिर ४, २०७९ आइतबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    जनताका पक्षमा मतदान गर्न बिजुक्छेंको आग्रह

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनताका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रह गरेका छन् । भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो आग्रह गरे ।

    images

    अध्यक्ष बिजुक्छेंले निर्वाचनका लागि हाल गरिएका दुवै गठबन्धन सत्ता स्वार्थका लागि गरिएको आरोप पनि लगाए  । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमालेसहित राप्रपाको गठबन्धन एउटै सिक्काका दुई वटा पाटा भएको पनि उनको टिप्पणी थियो । भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार वटा निर्वाचन क्षेत्र छन् ।


    तेस्रो आँखा