प्यूठानमा अझै मतगणना सुरु भएको छैन । प्यूठानका दुई वटा मतदान केन्द्रको मतपत्रमा समस्या देखिएपछि मतगणना सुरु हुन नसकेको हो । प्यूठानका दुईवटा मतदान केन्द्रमा प्रदेशसभाको मत पत्र प्रतिनिधिसभाको बाकसमा खसेको भेटिएपछि ति मतलाई के गर्ने भन्ने बिषयमा समस्या भएको बताईएको छ । अहिले सम्म सर्वदलीय बैठक समेत बसेको छैन । सम्भवतः आज बेलुका देखि मतगणना हुन सक्ने बताईएको छ । प्यूठानमा एमालेका सूर्य थापा र सत्तागठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल बिच प्रतिष्पर्धा छ ।
