चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने तेस्रो स्थानमा देखिएका छन् । अहिले सम्म ४ सय मत गणना हुँदा लामिछाने जम्मा ३२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका हुन् । पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोख्रेलले २ सय ७ मत प्राप्त गरेका छन् । यसैगरि कांग्रेसका उमेश श्रेष्ठ १ सय २६ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।
