काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । ५ बजेसम्म प्राप्त नतिजाअनुसार राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका रवीन्द्र मिश्र अगाडि रहेका छन् । मिश्र २४१७ मतसहित सबैभन्दा अगाडि रहेका छन्।
उनीभन्दा पछाडि दोस्रो स्थानमा रहेका कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले २३०२ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले १३६५, नेकपा (एमाले) का किरण पौडेलले १४४० र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले १०३५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसमध्ये १० जना महिला उम्मेद्वार छन्।
