प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष भिडेका वर्तमान प्रधानमन्त्री तथा ४ पूर्वप्रधानमन्त्री मध्य पूर्व प्रधानमन्त्री झलनाथ खनाल पछाडी परेका छन् भने अन्य ३ जना अगाडी देखिएका छन् । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा अगाडी छन् । यसैगरि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल रौतहटबाट अग्रस्थानमा छन् । अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल उम्मेदवार बनेको गोर्खामा भने मतगणना सुरु भएको छैन ।
