रुकुम पूर्वमा मतगणना सुरु भएको छ। प्रतिनिधि सभामा माओवादीका पूर्ण घर्ती मगरले अग्रता लिएका छन्। दुई हजार ३ सय ९५ मतगणना हुँदा घर्तीले १ हजार ६ सय २० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले ४ सय ६६ मत ल्याएका हुन्।
प्रदेश नम्बर १ मा स्वतन्त्र उमेदवार सुरुल पुनले अग्रता लिएका छन्। पुनले १ हजार २ सय २१ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार तेजबहादुर ओली ९ सय ८३ मत ल्याएका छन् । प्रदेश नम्वर १ को मतगणना सकिएपछि २ को मतगणना सुरु हुने जनाईएको छ।
