दाङ,मंसिर ६ । दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माले मतान्तर बढाउँदै लगेकी छिन् । १६ हजार २९ मत गणना हुँदा एमालेका महासचिव शंकर पोख्रेल भन्दा शर्मा १ हजार ३ सय ५२ मतले अगाडी छिन् । शर्माले ६ हजार ५ सय ६० मत प्राप्त गरेकी छिन् भने एमालेका पोख्रेलले ५ हजार २ सय ८ मत प्राप्त गरेका छन् । यसैगरि तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । यो पार्टीका बिशाल अधिकारीले २ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् ।
