उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले भर्खरै मतगणना सकिएको र एमालेका रायमाझी विजयी भएको जानकारी दिए।
यद्यपि औपचारिक मतपरिणाम आउन भने केही समय लाग्ने भण्डारीले जनाए।
यो क्षेत्रमा एमालेका रायमाझीले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पछि पारेका हुन्।
यसअघिको निर्वाचनमा भने उदयपुर-२ मा माओवादी केन्द्रका सुरेशकुमार राई विजयी भएका थिए। यसपटक भने सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेको हो।
