• ट्रेण्डिङ्ग :
पूर्वप्रधानमन्त्री खनाल १५ सय मतान्तरले पछि

पूर्वप्रधानमन्त्री खनाल १५ सय मतान्तरले पछि


  • 3.3K
    SHARES
    • मंसिर ६, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    पूर्वप्रधानमन्त्री खनाल १५ सय मतान्तरले पछि

    इलाम क्षेत्र नम्बर १ को जारी मतगणनामा नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि परेका छन्।

    images

    नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले खनाललाई लगातार अग्रता बढाउँदै लगेका हुन्। अहिले साढे ८ बजेसम्मको गणनामा बस्नेतले १० हजार २ सय ८७ मत ल्याउँदा खनालको ८ हजार ७ सय ८० मत छ। २ घन्टाअघिभन्दा यो मतान्तर २ सयले बढेको हो।

    २३ हजार ८ सय ६५ मतगणना सकिएको छ। क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ।


    तेस्रो आँखा