दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका उम्मेदवार मेटमणी चौधरीले अग्रता बढाउँदैै लगेका छन् । अहिले सम्म १४ हजार १ सय २१ म्त गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार शहरी विकास मन्त्री चौधरीले ५५३५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । यसैगरि एमालेकी शान्ता चौधरीले ३८०० मत प्राप्त गरेकी छिन् । यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ३०५२ मत प्राप्त गरेका छन् ।
