• ट्रेण्डिङ्ग :
दाङ क्षेत्र नम्बर २ (१)मा कांग्रेसका राजु खनाल विजयी , को हुन्  राजु ? 

दाङ क्षेत्र नम्बर २ (१)मा कांग्रेसका राजु खनाल विजयी , को हुन्  राजु ? 


  • 3.9K
    SHARES
    • मंसिर ७, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 6.0K Views

    दाङ क्षेत्र नम्बर २ (१)मा कांग्रेसका राजु खनाल विजयी  , को हुन्  राजु ? 

    दाङ क्षेत्र नम्बर २ (१)मा कांग्रेसका राजु खनाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । १५ हजार ६ सय १६ मत प्राप्त गर्दै खनाल निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धि एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरे । उनीहरु बिचको मतान्तर १ हजार १ सय ६७ छ । प्रदेशसभा सदस्यमा निर्वाचिन खनाल कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति हुन् । 
     
    को हुन्  राजु ? 

    images

    पार्टीको जिम्मेवारी ःनेपालीकाँग्रेस लुम्विनीप्रदेश समितिउपाध्यक्ष, महाधिवेशनप्रतिनिधि, नेविसंघको पूर्व केन्द्रीयउपाध्यक्ष, नेविसँघ दाङको पूर्वअध्यक्ष ।

    राजनीतिक पृष्ठभूमि 

    २०४२ सालमा महेन्द्र वहुमुखिक्याम्पस प्रवेश संगै राजनितीकयात्राप्रारम्भ, २०४२ देखी २०४६ सम्म पटक पटक जेल, यातना र हिरासतमा बसेको । 
    २०४२ सालको सत्याग्रहआन्दोलनदेखि नेपालीकाँग्रेसको राजनीतिमा सकृय ।
    २०४३ सालमा महेन्द्र वहुमुखिक्याम्पस स्ववियु कोषाध्यक्ष ।
    बुवा ढुण्डीराजखनालप्रजातान्त्रिकविचारधारा मान्ने भएका कारण बुबाको प्रभावले राजनीतिमाआएको ।
    २०४४ सालमा नेविसंघ दाङको अध्यक्ष ।
    २०४४ सालमाप्रतिबन्धीत नेपालीकाग्रेस जिल्ला सदस्य ।
    २०४६ सालमा नेविसंघ दाङको अध्यक्ष। । 
    २०४६ सालको आन्दोलनमानेपालीकाग्रेस दाङ एक्सन कमिटि सदस्य
    २०४८ सालमापुन नेविसंघ दाङको अध्यक्ष
    २०४८ सालमापुनः नेपालीकाँग्रेस दाङको जिल्ला कमिटि सदस्य
    २०४९ सालमा  सालमा नेविसंघको केन्द्रिय सदस्य
    २०५३ सालमा  नेविसंघको केन्द्रिय सदस्यतथा संगठन विभागप्रमुख
    २०५७ सालमा नेविसंघको केन्द्रियउपाध्यक्षतथालामो समय कार्यवाहकअध्यक्ष
    २०६२÷६३ सालको आन्दोलनमा सकृय सहभागी र हिरासत
    २०७० सालमादाङ क्षेत्र नं २ वाट संविधान सभा सदस्य
    २०७४ सालमादाङ क्षेत्र नं २ वाट प्रतिनिधि सभानिर्वाचनमाउम्मेदवारी
    २०७८ सालमा नेपालीकाग्रेस लुम्बिनीप्रदेश उप सभापती ( हाल)
    २०७९ सालमा दाङ क्षेत्र नं २ (१) वाटलुम्विनीप्रदेशसभानिर्वाचनमाउम्मेदवारी

    काँग्रेसको नवौ महाँधिवेशन वाट निरन्तर महाधिवेशनप्रतिनिधी , हाल लुम्विनीप्रदेश समिति उपाध्यक्ष


    सामाजिक पृष्ठभूमि ः
    रेडक्रस, जेसीज, खानेपानी संस्था,परीवार नियोजन, लायन्सलगायतदर्जनौं सामाजिक संस्थामा आवद्ध भएर विशेष समाज सेवा गरेको । 

     


    तेस्रो आँखा